पदमचाल/चाल्नु
ना.
- कर्कलाका आकारका ठुला पात, खैरा फल, हरियोमा खैरा र पहेँला टीका परेका फूल र पहेँलो ठुलो कन्द हुने, लेकाली जङ्गलमा पाइने एक बुटी; पद्मचारिणी।
- आयुर्वेदमा अजीर्ण, अतिसार तथा अरुचि नाश गर्ने र हलुको जुलाफ हुने गुण बताइएको त्यसैको अमिलो र ठुलो कन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)