पन्साउनु
स.क्रि. [सं. प्र+नस्+आउ+नु]
- कुनै वस्तुलाई पर सार्नु; हटाउनु; पन्छाउनु।
- कुनै वस्तुलाई अलग राख्नु; छुट्ट्याउनु।
- मन नपरेका व्यक्ति वा विषयलाई आफूबाट अलग गर्नु; हटाउनु; पन्छाउनु।
- देवता, भूतप्रेत आदिका निम्ति केही वस्तु पर सार्नु; छुट्ट्याएर राख्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)