परिभाषा
ना. [सं.]
- कुनै शब्द वा पदको अर्थ वा भाव निश्चित रूपमा स्पष्ट गर्ने कथन; व्याख्या; लक्षण।
- कुनै कुराको सामान्य गुण र विशेष गुण दुवैको उल्लेख गरी दिइएको परिचय।
- कुनै वस्तुको स्वरूप, गुण, विशेषता आदिको यथार्थ ज्ञान गराउने लक्षण।
- कुनै शास्त्र वा विद्याका क्षेत्रमा विशिष्ट अर्थमा प्रयुक्त हुने शब्द; पारिभाषिक शब्द।
- आफूले प्रयोग गर्नाका निम्ति शास्त्रकारहरूले रचेका विशिष्ट संज्ञा।
- कुराकानी; वार्तालाप।
- टीका; व्याख्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)