परिमार्जन

ना. [सं.]

  1. राम्ररी धुने, पखाल्ने, सफा गर्ने वा स्वच्छ पार्ने काम।
  2. लेखरचनामा रहेका दोष, त्रुटि आदिलाई हटाएर राम्रो तुल्याउने काम।
  3. गुणात्मक विकास वा परिष्कार।
  4. कुनै मिश्रित वस्तुलाई रासायनिक विधिद्वारा निक्खर वा चोखो पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)