परिवर्तन

ना. [सं.]

  1. एक थरी रूप, अवस्था, गुण आदिबाट अर्का थरी रूप, अवस्था, गुण आदिमा बदलिने वा रूपान्तरित हुने क्रिया; हेरफेर; अदलाबदली।
  2. उपयोगिताको विचार गरी कुनै वस्तुलाई बढाउने वा नयाँ रूप दिने काम; सुधार्ने काम।
  3. साटफेर; विनिमय।
  4. फेरो; चक्कर।
  5. चक्कर लगाउने काम; परिभ्रमण।
  6. वर्किने फर्किने काम।
  7. कुनै पुरानो युगको अन्त र नयाँ युगको आरम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)