परिष्कार
ना. [सं.]
- कुनै वस्तुलाई राम्ररी खार्ने वा शुद्ध पार्ने काम; संस्कार; शुद्धि।
- कुनै कुरामा रहेका दोष, त्रुटिलाई हटाएर सुन्दर, स्वच्छ र रुचिपूर्ण बनाउने काम।
- स्वच्छता; निर्मलता।
- अलङ्कार; आभूषण।
- शृङ्गार; सजावट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)