पलाँस

ना. [सं. पलाश]

  1. सुगाका ठुँडका आकारका रातो, सेतो, पहेँलो र निलो रङका फूल फुल्ने, कोइरालो र टाँकीका जस्ता पात हुने, लामा र खैरा रङका फल फल्ने एक जातको बोट; पलाश; किं शुक; त्यसैको फूल।
  2. बोटबिरुवाका पात।
  3. काठको चुरोभन्दा बाहिर र बोक्राभन्दा भित्रपट्टिको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)