पाङ्ग्रा

ना.

  1. हाँगाबिँगा नहुने, भित्र साह्रो भएको, टुप्पामा केराउका जस्तो घुम्रेको लहराको भाव हुने, पहेँलो फूल फुल्ने र कोसामा लाग्ने फल।
  2. आयुर्वेदमा शक्तिवर्धक मानिएको तथा जुका, चुर्ना आदि नाश गर्ने तथा बान्ता रोक्ने गुण बताइएको त्यसैको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)