पातली

वि. [पातलो+ई]

  1. पातलो शरीर भएकी; चिटिक्क परेकी; राम्रो, सानो र छरितो जिउ भएकी।
  2. दुब्ली; सिकुटे (नारी)।
  3. छाला पातलो भएको र रौँ सपक्क परेर चिल्लो देखिने (गाई)।
  4. हकुवा, पठुवा आदिका कुनिउँमा पिन्जरीभन्दा माथिको पातलो फेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)