पापपुरुष
ना. [सं.]
- पाप गरिरहने व्यक्ति; पापी व्यक्ति।
- तन्त्रशास्त्रअनुसार तान्त्रिकले आफ्ना देब्रे कोखामा कल्पना गर्ने पापमय पुरुष; पापमूर्ति।
- पुराण आदिअनुसार सृष्टिकर्ताले सृष्टिलाई सन्तुलित पार्न आवश्यक ठानी रचना गरेको पापको अधिष्ठाता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)