पार्नु
प्रे.क्रि. [पर्+आर्+नु]
- पर्ने गराउनु; पर्ने तुल्याउनु; समावेश गर्नु-गराउनु।
- गराउनु; तुल्याउनु; बनाउनु (मोही पार्नु इ.)।
- दिलाउनु (गाल पार्नु आदि)।
- तयार गराउनु (ठिक पार्नु आदि)।
- सल्काउनु; बाल्नु (सलाई, आगो आदि)।
- फुल आदि पैदा गर्नु।
- मुखमा औषधी, पथ्य आदिको सेवन गराउनु।
- गिराउनु; झार्नु।
- झमेला (मुद्दा आदि) खडा गर्नु।
- हाल्नु (शब्द, बोली, आदि)
- शृङ्गार गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)