पिँढी
ना.
- बस्न र केही राख्न हुने गरी गाराको सट्टा थामहरू हाली बनाइएको, घरको गाराबाहिरको भाग; दलान; पिँडी।
- बाबु, बाजे, बराजु आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम; वंशपरम्परा; पुस्ता (जस्तो-सातौँ पिँढी, आठौँ पिँढी आदि)।
- उमेर र अवस्थाका आधारमा निर्धारित मानिसहरूको जमात। (उदा.- बाल पिँढी, युवा पिँढी, नयाँ पिँढी, भोको पिँढी आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)