पितृतन्त्र

ना.

  1. बाबु वा घरको बुढोपाको व्यक्तिका अनुशासनमा परिवार वा जातिका सदस्यहरूले बस्नुपर्ने मानव समाजको पुरानो शासनव्यवस्था; थकालीतन्त्र (हाम्रो तराई र भित्री मधेसमा बस्ने थारूहरूमा यस्तो चलन अझै कताकतै पाइन्छ)।
  2. पितृसत्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)