पिपल

ना. [सं. पिप्पल]

  1. पानका आकारको तर टुप्पाको भाग केही लामो हुने, डाँठ हुने, बरकै किसिमका मसिना गोल फल फल्ने, बोक्रा हुने र खोटो निस्कने एक जातको वृक्ष; अश्वत्थ; पिप्पल। (आयुर्वेदमा यसको बोक्रा दिसासम्बन्धी रोगमा र बियाँ शीतकारक औषधीको रूपमा प्रसिद्ध छ र हिन्दुहरूका दष्टिमा यो पवित्र वृक्ष मानिन्छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)