पुग्नु

अ.क्रि. [सं. प्रापक+नु]

  1. एक ठाउँबाट प्रस्थान गरी अर्को ठाउँमा प्रस्तुत हुनु; कुनै ठाउँबाट हिँडी लक्षित स्थानमा उपस्थित हुनु।
  2. पठाइएको ठाउँमा पठाइएको कुरा दाखिल हुनु; पहुँचनु।
  3. कुनै कामका निम्ति मालमत्ता वा वस्तुको परिमाण पर्याप्त हुनु।
  4. एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तित हुनु।
  5. इच्छा गरेको कुरा पूर्ण हुनु; चिताएको कुरा प्राप्त हुनु।
  6. कसैको दाँजो वा बराबरमा आउनु; कसैको बराबर बन्नु।
  7. सम्पन्न हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)