पुटपाक
ना.
- औषधीलाई जामुनु, बर आदिका पातले बेरी गिलो माटोले पोतेर डल्लो पारी डढाएर भस्म पार्ने प्रक्रिया।
- माटाको सानो पालाभित्र औषधी राखी माथिबाट पालैले छोपी दुइटा पालाको जोर्नीमा माटो पोती बन्द गरेर पोल्ने क्रिया।
- त्यस्तो प्रक्रियाबाट तयार पारिएको औषधी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)