पूर्वधारणा
ना. [सं.]
- कुनै तर्क, वादविवाद आदिमा वा कुनै समस्या आदिका सम्बन्धमा पक्ष वा विपक्षका सम्बन्धमा, कसैले पहिलेदेखि नै स्थिर गरेको धारणा; पूर्वनिश्चित धारणा वा विचार।
- पूर्वाग्रह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)