पेच
ना. [फा.]
- झन्झट; बखेडा।
- चलाकी; धूर्तता।
- छनक; व्यङ्ग्य।
- बेरिएको डाँडो; घुमाएर कस्ने एक प्रकारको डोल्सी परेको किलो।
- भित्री वैमनस्य; गुप्त षडयन्त्र।
- कुनै डन्डी, काँचको सिसी वा धातुको नलीमा ढिम्री वा बिर्को कस्नका निम्ति बनाइएको फनफनी घुमेको रेखा; गुना।
- कुस्ती आदि खेल्दा अर्कालाई पछार्ने युक्ति; कुनै प्रतिद्वन्द्वितामा अर्कालाई हराउने युक्ति।
- चङ्गा उडाएर लडाउँदा दुई पक्षका चङ्गाको धागा जोल्ट्याउने काम।
- पगरीको अगिल्तिर शोभाका निम्ति जडिएको आभूषण; कल्की; शिरपेच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)