पोतो

ना. [पोत+ओ]

  1. चुलो, दैलो, मझेरी आदि पोत्ने लुँडो; पोत्ने झुम्रो।
  2. पोतेका ठाउँमा देखिने अर्धवृत्ताकार रेखा; पोतेको डोब।
  3. दुईमुखे चुलाको बिचको भाग; पौडो।
  4. मुखमा बसेको चायाको कालो दाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)