प्रकरण
ना. [सं.]
- कुनै वस्तु वा कुरालाई बनाउने काम; निर्माण; रचना।
- कुनै कुरालाई विस्तारपूर्वक भन्ने काम; वर्णन; प्रतिपादन।
- कुनै कुराको क्रम, सिलसिला वा सन्दर्भ; प्रसङ्ग।
- कुनै एक विषय वा प्रसङ्गको चर्चा गरिएको, ग्रन्थभित्रको एक अंश; अध्याय; परिच्छेद।
- दृश्यकाव्यको एक भेद।
- किसिम; प्रकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)