प्रख्यापित
वि. [सं.]
- सर्वसाधारण जनतालाई जनाउ दिइएको वा बोध गराइएको; सर्वसाधारणले थाहा पाउने गरी घोषणा गरिएको वा जारी गरिएको (सरकारी इस्तिहार, अध्यादेश, आज्ञप्ति, विज्ञप्ति, राज्यादेश आदि)।
- प्रसिद्ध तुल्याइएको; प्रख्यात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)