प्रतियोगिता

ना. [सं.]

  1. बल, बुद्धि, योग्यता आदिमा अरूलाई जित्ने विचारले दाँजिने वा भिडिने क्रिया।
  2. बल, योग्यता आदिका दृष्टिले दाँजिन आउने व्यक्तिहरूको एकले अर्कोलाई जित्ने प्रयत्न।
  3. प्रतियोगी हुनाको भाव; प्रतिस्पर्धा; होडबाजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)