प्रत्यायोजन
ना. [सं.]
- कुनै सङ्घ, संस्था र कार्यालयले वा कुनै पदाधिकारीले केही समयका लागि आफ्नो सम्पूर्ण वा केही अधिकार कुनै व्यक्तिलाई हस्तान्तरण गर्ने क्रिया।
- आफ्ना मातहतको कुनै वस्तु अरूलाई हस्तान्तरण गर्ने वा सुम्पने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)