प्रयोग
ना. [सं.]
- कुनै वस्तु वा विषयलाई व्यवहारमा लगाउने कार्य; उपयोग।
- नीति, नियम, सिद्धान्त आदिको स्थापना गरी कार्यरूपमा ल्याउने प्रक्रिया; परीक्षण।
- कुनै किसिमका शस्त्र, अस्त्र आदिलाई व्यवहारमा ल्याउने कार्य; इस्तेमाल।
- मारण, मोहन, उच्चाटन, वशीकरण आदिका निम्ति मन्त्रको व्यवहार।
- दृष्टान्त; उपमा; उदाहरण।
- आरम्भ; प्रारम्भ; थालनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)