प्रवर्तक

वि. [सं.]

  1. कुनै काममा लगाउने; प्रवृत्त गर्ने।
  2. सुरु गर्ने; आरम्भ गर्ने; थाल्ने।
  3. कुनै काम चलाइराख्ने; जारी राख्ने।
  4. नयाँ वस्तुको निर्माण गर्ने; आविष्कार गर्ने।
  5. नाटकमा सूत्रधारद्वारा वर्तमान कथाको वर्णन र पात्रहरूको प्रवेश देखाइने एक शिल्प; प्रस्तावनाको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)