प्रशस्त
वि. [सं.]
- प्रशंसा गरिएको; प्रशंसित।
- प्रशंसा गर्न लायक; प्रशंसनीय।
- सबैमाको असल; उत्तम।
- सबैमाको ठुलो; विशाल; विस्तृत।
- धेरै; ज्यादा; औधी; अधिक; मनग्य।
- धेरै मात्रामा; धेरै सङ्ख्यामा।
- पर्याप्त हुने गरी; पर्याप्त मात्रामा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)