प्रशस्ति

ना. [सं.]

  1. कसैका शील, स्वभाव, रूप, सुकार्य आदिका निम्ति गरिने प्रशंसा; स्तुति।
  2. राजा वा राष्ट्रप्रमुखको वंश, कीर्ति, प्रशंसा आदिको वर्णन भएको वाक्य; ताम्रपत्र, शिलापत्र आदिमा लेखिने, राजा वा वीरहरूको प्रशंसासूचक वाक्य।
  3. ग्रन्थका कर्ता, विषय, काल आदिको उल्लेख गरिएको, आदि र अन्त्यको पङ्क्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)