प्रस्तुत
वि. [सं.]
- कुनै कार्यविशेषका निम्ति तयार रहेको; उद्यत।
- कुनै विचार, विमर्श, स्वीकृति वा कामका निम्ति पेस गरिएको; प्रस्तावित।
- कुनै व्यक्ति, वस्तु वा विषयलाई उपस्थित गरिएको; हाजिर गराइएको।
- तयार पारिएको; ठिक्क पारिएको; रिटिक्क।
- भनिएको; कथित; उक्त।
- स्तुति गरिएको; प्रशंसा गरिएको; प्रशंसित।
- चर्चा उठाइएको वा चलाइएको; प्रासङ्गिक; सान्दर्भिक।
- सुरु गरिएको; थालिएको; आरब्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)