प्रस्थापन/प्रस्थापना

ना. [सं.]

  1. कुनै वस्तु वा व्यक्तिलाई पठाउने कार्य।
  2. स्थापना वा युक्तिपूर्वकको रखाइ।
  3. कुनै पद, मत, व्यक्ति, वस्तु आदिको स्थायित्व-प्राप्ति।
  4. स्थापित हुने क्रियाप्रक्रिया।
  5. कार्यसिद्धि; सिद्धि।
  6. सरकारको विधायिका अङ्गमा जनप्रतिनिधिसमक्ष विधेयकको प्रस्तुतीकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)