प्राकृत

वि. [सं.]

  1. प्रकृतिसम्बन्धी; प्रकृतिको; प्राकृतिक।
  2. संस्कार नगरिएको वा नभएको; असंस्कृत; कोरा।
  3. अकृत्रिम; सहज; स्वाभाविक; सहजसाध्य।
  4. सामान्य; साधारण; नैसर्गिक।
  5. संस्कृत भाषाको प्रचलनपछाडि जनसाधारणले लोकभाषाका रूपमा बोल्ने गरेको भाषा।
  6. संस्कृत भाषाको प्रचलनभन्दा अगाडि वैदिक कालतिर लोकभाषाका रूपमा चलेको भाषा; कथ्यसंस्कृत (संस्कृतको प्रचलनपछि प्रचलनमा आएका प्राकृत भाषाका मुख्य भेदहरू सात छन्-मागधी, आवन्ती, प्राच्य, शौरसेनी, अर्द्धमागधी, वाह्लिक र दाक्षिणात्य)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)