प्राकृत पोखरा
ना.
- डाँडैडाँडा, नदीनाला, वनबगैँचा आदि प्रकृतिले रमाइलो रहेको ताल।
- गण्डकी अञ्चलको, कास्की जिल्ला वा पश्चिमाञ्चल क्षेत्रको सदर मुकाम पोखरालाई दिइएको एक संज्ञा।
- सोही नामको एउटा काव्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)