प्राचीन आर्य शाखा
ना.
- भारोपेली भाषिक परिवारबाट छुट्टिएर आर्य-इरानी शाखामा विभक्त भइसकेपछि आर्य र इरानी उपशाखाहरूमध्ये आर्यको पहिलो हाँगो।
- भारतवर्षमा प्रवेश गर्ने आर्यहरूको पहिलो समूह; बाह्य आर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)