प्राचीन स्मारक
ना.
- ऐतिहासिक, पुरातात्त्विक वा कलात्मक महत्त्व का देवालय, भवन, सालिक, मूर्ति, चित्र, गुफा, ढुङ्गा, धातु, काठ, हस्तिहाड आदि तथा ताम्रपत्र, शिलापत्र, कनकपत्र, रजतपत्र, भोजपत्र, ताडपत्र आदि वस्तु र यस्ता वस्तुहरू रहेको ठाउँ।
- कलात्मक पुराना वस्तु वा सामग्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)