फल
ना. [सं.]
- ऋतुकालअनुसार रुख, लहरा आदिमा पहिले फूल फुल्ने र पछि तिनै फूलसँग सम्बद्ध भएर निस्की विकसित हुने बोक्रा, गुदी र बीजले युक्त वस्तु।
- कुनै कार्यविशेषको परिणाम; नतिजा; लाभ।
- धार्मिक विश्वासअनुसार पूर्वजन्ममा गरिएका कर्मको यस जन्ममा र यस जन्ममा गरिएका कर्मको परजन्ममा भोग्नुपर्ने दुःख वा सुख।
- आफ्ना बल, बुद्धि एवं परिश्रमबाट प्राप्त हुने उपलब्धि।
- गणितका प्रक्रियाबाट प्राप्त अङ्क; उत्तर।
- उद्देश्य; प्रयोजन।
- बाण, भाला आदिको अगिल्लो भाग।
- अण्डकोश; आँडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)