फुक्नु
स.क्रि. [प्रा. फुक्क+नु]
- मुख अलिकति खुला पारेर वेगसित सास छोड्नु; फुफु गर्नु।
- सासले कुनै हलुको वस्तु उडाउनु।
- रोग शान्त गर्न मन्त्र पढेर फुफु गर्नु; झारफुक गर्नु।
- सासका वेगले आगो बाल्नु वा सल्काउनु।
- शङ्ख आदि बजाउनु।
- कानमा गुप्त कुरा गर्नु।
- होच्याउनु; नचाहिँदो निन्दा गर्नु।
- आवश्यकभन्दा बढी खर्च गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)