फुटकर

वि. [सं. स्फुट+कर]

  1. कुनै स्थान, वर्ग वा समूहमा नमिली अलग्गै रहेको; श्रेणी वा हारमा नमिलेको; मूल विषयदेखि बाहिरको (फुटकर कुरो, फुटकर कविता, फुटकर विषय इ.) ।
  2. फाटफुट; विविध।
  3. (व्यापारमा) डक्क वा थुप्रै नभएर बेग्लाबेग्लै छुट्ट्याइएको; चानचुन; खुद्रा; खुदरा (माल, पैसा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)