फुस्स
क्रि.वि. [अ.मू. फुस्+स]
- खुकुलोसँग बाँधेको वस्तु एक्कासि फुस्कने वा खुस्कने गरी।
- बन्द रहेको हावा, अपानवायु आदि बिस्तारै निस्कने गरी।
- थाहै नपाइने किसिमले सजिलैसँग निदाएर।
- चुरोटबिँडी आदि खाएर धुवाँ फाल्दै।
- तातोछारो केही पनि नहुने स्थितिमा पर्ने गरी।
- फुस्सा।
- गम्कने अवस्थाको; गमक्क; मक्ख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)