फेरी
ना. [फिर्+ई]
- गोरख-मतानुयायी फिरन्ता साधुहरूले भूतप्रेत आदिका प्रकोपबाट लोककल्याण गर्न राती घरघरमा घुमेर हरिणका सिङको बाजा बजाउँदै हिँड्ने काम।
- व्यापारीहरूले माल लिई बिक्री गर्न यताउति घुमफिर गर्ने काम।
- कुनै स्थानको वरिपरि घुम्ने क्रिया; प्रदक्षिणा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)