बज्र
ना. [सं. वज्र]
- इन्द्रको प्रमुख अस्त्र; कुलिश; पवि।
- बादल र हावाको घर्षणबाट निस्कने शब्द; चट्याङ, चट्को।
- चुना र सुर्की घोलेर बनाइएको लेदो।
- हीरा काट्ने हतियार वा ज्याबल।
- ज्यादै कठोर वा साह्रो वस्तु।
- नचल्ने, नछटपटाउने र डेग नचल्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)