बलि

ना. [सं.]

  1. देवदेवतालाई अर्पिने भोग्य वस्तु; नैवेद्य।
  2. देवतालाई भोग दिइने पशुपन्छी।
  3. भोजन गर्नुभन्दा पहिले देवपितृका उद्देश्यले चढाइने अन्न; औसानी।
  4. पूजा, होम आदिमा क्षेत्रपाललाई चढाइने अन्न।
  5. पञ्च-महायज्ञमध्ये एक भूतयज्ञ।
  6. भूमिकर; मालपोत।
  7. पेटको लुँदाका बिचको रेखा।
  8. पुराणप्रसिद्ध दानी दैत्य राजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)