बहिर्मुख/बहिर्मुखी

वि. [सं.]

  1. बाहिरतिर रहेको वा मुख फर्काएको।
  2. बाहिरी कुराको मात्र विचार गर्ने; वस्तुजगत्तिर दृष्टि दिएको।
  3. आध्यात्मिक कुरातिर मन नलगाउने।
  4. बाह्य संसार वा सामाजिक जीवनका गतिविधिमा प्रशस्त अभिरुचि लिने तथा सहभागी हुने (व्यक्तित्व)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)