बा

ना. [√ बाबु]

  1. बाबु; बुवा; पिता।
  2. स्नेहपूर्वक बोलाइँदा वा सम्बोधन गर्दा आउने शब्द। (उदा.- लौन बा, यति काम गरिदेऊ!)।
  3. प्रशंसा, स्याबासी, उपेक्षा, व्यङ्ग्य आदि व्यक्त गर्दा प्रयोग गरिने शब्द। (उदा.- यस्तो काम त गर्नु हुँदैन बा!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)