बाबै

वि.बो. [बाबा+ऐ]

  1. आश्चर्य, उदेक, भय, आशङ्का आदि बुझाउने शब्द। (उदा.- बाबै ! यहाँ त कत्रो सर्प रहेछ! बुहारीले ससुरासँग कसरी झगडा गर्न सकेकी होली बाबै!)।
  2. आफूभन्दा मुनिको व्यक्तिलाई सम्झाउँदा प्रयोग गरिने शब्द। (उदा.- मैले भनेको मान बाबै, नत्र पछि पछुताउनुपर्ला)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)