बाली
ना.
- खेतबारीमा उब्जेको अन्न; कृषिउपज; खेती।
- मोहीले तल्सिङ वा सरकारलाई बुझाउने तिरो; कुत; पोत।
- पहिलेको चलनमा एक किसिमको जग्गा-कर।
- ठेक्कामा कमाउने, सिउने, कामी, दमाई आदिलाई दिनुपर्ने वर्षभरिको अन्नको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)