भयो

वि.बो. [प्रा. भुओ/भुयो< सं. भूत]

  1. अविश्वास, उपेक्षा, निषेध, झर्को आदि जनाउँदा र व्यङ्ग्य प्रकट गर्दा भनिने शब्द; भो। (उदा.- भयो, तिमीबाट के काम पार लाग्ला र! उनले देलान् र मैले पाउँला भन्नु त भयो त्यत्तिकै)।
  2. हुनु' क्रियाको भूतकाल, प्रथम पुरुष एकवचनमा चल्ने रूप।
  3. पुग्यो; बस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)