भर्नु

स.क्रि. [सं. भरण+नु]

  1. अन्नपात आदि मानापाथी, डालाडाली, भाँडाकुँडा आदिमा हालेर निम्ठो वा झुसी पार्नु।
  2. रित्ता ठाउँमा कुनै वस्तु हालेर पुर्नु; टन्न पार्नु (जस्तो- खाल्डो भर्नु, जग भर्नु इ.)।
  3. कुनै वस्तुको न्यूनता वा नपुग हिसाब आदि पूरा गर्नु; क्षतिपूर्ति गर्नु; सट्टा हाल्नु।
  4. कसैलाई भरणपोषणका निम्ति नियमित रूपमा खर्च, भत्ता आदि दिनु (जस्तो- खर्च भर्नु, मानाचामल भर्नु इ.)।
  5. किसानले तल्सिङलाई दिनुपर्ने कुत आदिको अन्न दिनु; बाली तिर्नु।
  6. बन्दुक, तोप आदिमा बारुद, गोली आदि हाल्नु।
  7. लुगा, काठ आदिमा नानावली चित्र बनाउनु (जस्तो- बुट्टा भर्नु, रफ्फु भर्नु इ.)।
  8. भरी पार्नु वा जम्मा गर्नु (जस्तो- पानी भर्नु, हाट भर्नु, खल्ती भर्नु, घर भर्नु इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)