भर्ना
ना. [सं. भरण]
- कुनै पद, काम आदिमा मानिसहरू नियुक्त गर्ने काम; नियुक्ति; भर्ती; भरना।
- एक वस्तुको सट्टामा अर्को वस्तु दिने काम; क्षतिपूर्ति गर्ने काम; सट्टाभर्ना; बदला; सट्टा।
- नपुग भएको वस्तु पूरा गर्ने काम।
- विद्यालय-महाविद्यालयमा विद्यार्थी, अस्पतालमा बिरामी आदिको नाम लेखाई प्रवेश गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)