भलायो
ना. [सं. भल्लातक]
- छोटो भेट्नुमा हरिया र फस्किला पात हुने, हरिया र सेता रङमिश्रित फूल फुल्ने, आँपका आकारका, भित्र तेलजस्तो चिल्लो पदार्थ हुने मसिना फल फल्ने, पाक्दा रातो र टर्रोगुलियो स्वादको हुने, चोप आउने र चोप छोएमा उछ्रिने एक वृक्ष; आयुर्वेदमा वातनाशक, गर्भपात र गुप्ताङ्गरोगको औषधी मानिएको त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)