भाटी

ना. [भट्टी]

  1. कटकटिएको मयल बफाई खुकुलो पार्न पकाइने भाँडो वा अँगेनु।
  2. सफा पार्नका निम्ति मसलाहरू हालेर लुगा धुने एक प्रक्रिया।
  3. नदीका छेउमा, वेणी परेका ठाउँमा वा तीर्थस्थलमा अस्थायी मेला लाग्दा बेपारी वा तीर्थयात्रीहरू बस्न बनाइएको स्याउलाको छाप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)