भारदारी गोत्र
ना.
- भारद्वाज ऋषिको कुलमा उत्पन्न भएका व्यक्तिहरूको वंशपरम्परालाई जनाउने नाम; चौलागाईँ, सुवेदी, पन्थी, सिलुवाल, सिजापती, विष्ट, वाग्ले, लोहनी, पन्त, धामी, दुध-पोखरेल, सिवाकोटी, देवकोटा, निरौला, भँडारी, बोहोरा, शुद्ध खँड्का, राउल, कँडेल, श्रीपाली-बस्नेत, कुलेटा-पाण्डे, लटौला-जोशी र धामी-अधिकारी थर हुनेहरूको गोत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)